संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

पाठ्यपुस्तक छपाइको काम धमाधम हुँदै, प्रधानमन्त्री प्रचण्डद्वारा कार्यालयद्वारा अनुगमन

काठमाडौं । चालू शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाई सक्ने गरी काम भइरहेको जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएपछि गत वर्ष युद्धस्तरमा छपाई कार्य सम्पन्न भएर इतिहासमा नै पहिलो पटक सबै विद्यार्थीले भर्नासँगै पुस्तक पाएका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट गएको अनुगमन टोलीसँग लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले समयमै पाठ्यपुस्तक पु¥याउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। “छपाइका लागि आवश्यक कागज खरिद भइसकेको र छाप्ने काम पनि दुई सिफ्टमा सातै दिन, २४ सैं घण्टा चलिरहेको छ” झाले भन्नुभयो, “पुस्तक छपाइसँगै विभिन्न डिपोमा ढुवानी कार्यसमेत सँगै चलिरहेको छ।”

शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाई गर्ने निर्णय गरेसँगै प्रकाशनमा तीब्रता आएको हो । निजी क्षेत्रका छापाखानाहरूलाई समेत छनौट गर्न पाठ्यक्रम विकास केन्द्रले टेण्डर आव्हान गरिसकेको छ।

जनक शिक्षा लिमिटेडका अनुसार कक्षा ५ देखि १२ सम्म करिब १ करोड ७० लाख पुस्तक आवश्यक भएकोमा अब करिब ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकी रहेका छन्। केन्द्रले दैनिक ७० हजार देखि ८० हजार प्रति थानका दरले पुस्तक छपाई र तयारी भइरहेको जनाएको छ।

प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी, स्वकीय सहसचिव गोकर्ण भट्ट, सहसचिव संगीता ओझालगायतका टोलीले भक्तपुर स्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेको थियो।

गतवर्ष पुसपछि मात्र कागज आएको भए पनि आवश्यक पाठ्यपुस्तक समयमै छाप्न सफल भएको बताउँदै झाले यो वर्ष पर्याप्त कागज भएकाले सहज भएको बताउनुभयो।

अनुगमन टोलीका सदस्य गोकर्ण भट्टले जनक शिक्षक सामग्री केन्द्र लिमिटेडको छपाइको गुणस्तर सुधार गर्नुपर्ने सुझाव दिइएको र अन्य नीतिगत विषयहरूसमेत हल गर्न शिक्षा मन्त्रालयसँग थप छलफल आवश्यक देखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केन्द्रको कार्य सन्तोषजनक भए पनि छपाइको गुणस्तरमा सुधार गर्नुपर्ने देखिएको छ।”

छापिएका पाठ्यपुस्तक सुरक्षित राख्न, कागज खेर नजाने गरी काम गर्न र छपाइमा गुणस्तर कायम गर्न केन्द्रलाई निर्देशन दिएको प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ जिसीले बताउनुभयो।

अनुगमन टोलीले छपाइ भइसकेका पाठ्यपुस्तकहरू गुणस्तर एकीन गरी समयमै सबै जिल्लामा पठाउनका लागि आवश्यक व्यवस्था मिलाउन पनि केन्द्रलाई निर्देशन दिएको छ।