संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

हाम्रो बारेमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

नेपालमा १० वैशाख, २००६ (२२ अप्रिल, १९४९) मा कम्युनिष्ट पार्टीको स्थापना भएको हो। उत्पीडित श्रमिक वर्गको राजनीतिक प्रतिनिधिका रुपमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभिन्न टुटफुट तथा एकता, भीषण वर्गसंघर्षका अनेकौैं आरोह अवरोहहरु पार गर्दै आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रुपमा स्थापित छ। नेपाली श्रमजीवी जनताको राजनीतिक प्रतिनिधि र अगुवा संस्थाका रुपमा स्थापित नेकपा (माओवादी केन्द्र) नेपाल र नेपाली जनताको पूर्ण मुक्ति, स्वतन्त्रता र समानता प्राप्तिको आन्दोलनमा अनवरत संघर्षरत छ।

पछिल्लो पटक नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा भएको जनयुद्ध र १२ बुँदे समझदारीका आधारमा ०६२/०६३ सालमा भएको ऐतिहासिक जनआन्दोलनका बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादको आधार तयार पार्ने जिम्मेवारी इतिहासले हामीलाई सुम्पेको छ । परिवर्तनको रक्षा गर्दै संविधानमा उल्लिखित समाजवाद निर्माणको आधार खडा गर्ने, सुशासन, सामाजिक न्याय र सम्बृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्ने जिम्मेवारी पनि माओवादी केन्द्र कै हो।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड पुस्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टी र सरकारमार्फत् देशको राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकांक्षालाई ठोस रूपमा सम्बोधन गर्ने पहल भइरहेको छ।

नेकपा (माओवादी केन्द्र) को विचार, दृष्टिकोण, रणनीति, कार्यनीति, कार्यक्रम, निर्णय, गतिविधिसहितका सामग्रीहरु सार्वजनिक गर्न पार्टीको आधिकारिक वेबसाइट www.cpnmc.org सञ्चालन गरिएको छ । यस वेबसाइटमार्फत् पार्टीका आधिकारिक धारणाहरु सार्वजनिक हुनेछन्।