नेपाली माओवादी आन्दोलनको इतिहास
- २००६ नेकपाको स्थापना र प्रथम सम्मेलन, नयाँ जनवादी कार्यक्रम पारित
- २००७ २००७ सालको क्रान्तिमा सहभागिता, दिल्ली सम्झौताविरोधी आन्दोलनको समर्थन
- २००८ नेकपाको प्रथम सम्मेलन, नयाँ जनवादी कार्यक्रम पारित, कमरेड पुष्पलाल नेकपाको महासचिवमा निर्वाचित, माघमा पार्टीमाथि प्रतिबन्ध
- २००९ जातीय जनतान्त्रिक मोर्चाको गठन, रौतहटमा किसान आन्दोलन, श्यामप्रसाद शर्माको नेतृत्वमा प्रगतिशील लेखक संघको स्थापना, जसमा अ।ने।कि।सं।, अखिल नेपाल महिला संघ,सं।, विद्यार्थी फेडरेशन लगायत विभिन्न जनवर्गीय सङ्गठनको स्थापना, कार्तिक महिनाको विद्यार्थी आन्दोलनमा गोली लागेर चिनियाकाजीको मृत्यु
२०१० नेकपाको प्रथम अधिवेशन, कमरेड मनमोहन अधिकारी महासचिवमा निर्वाचित
२०११ गुरिल्ला युद्धको तालिमका लागि गौरिभक्त प्रधान चीन प्रस्थान, नेकपाको अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरुसँग सम्बन्ध विस्तार
२०१२ नेकपाको दोश्रो सम्मेलन, केशरजंग रायमाझी कार्यवाहक महासचिव
२०१३ पार्टीमाथिको प्रतिबन्ध फुकुवा, संविधान सभाको आन्दोलन जारी
२०१४ नेपाली कांग्रेससँग मिलेर संयुक्त भद्र अवज्ञा आन्दोलन, कांग्रेसले ंसंसदीय चुनावमा मञ्जुरीपछि नेकपाद्वारा विरोध, नेकपाको दोस्रो अधिवेशन, नेकपाको दोस्रो अधिवेशन कार्यक्रम क. पुष्पलालद्वारा प्रस्तुत गणतान्त्रिक कार्यक्रम पारित तर रायमाझी महासचिवमा निर्वाचित ।
२०१५ प्रथम संसदीय निर्वाचनमा नेकपाको सहभागिता र ४७ सीटमा उम्मेद्वारी ४ सीटमा विजयी । विजयीहरुमा हृदयलाल महतो, शेख सिजुले(रौतहट, कमलराज रेग्मी(पाल्पा, तुलसीलाल अमात्य ( पाटन र नगरपालिका निर्वाचनहरुमा नेकपाको भारी विजयी ।
२०१६ पार्टीको विस्तारित बैठक संसदीय व्यवस्थाप्रति आसन्न खतराप्रति पार्टीद्वारा सचेतना खबरदारी ।
२०१७ संसदको विघटन र पञ्चायतको सुरुवात, महासचिव रायमाझीद्वारा समर्थन पार्टीको दरभङ्गा प्लेनम ।
२०१८ तेस्रो महाधिवेशनको तयारीका निम्ति ५ वटा अन्तर्जोन समन्वय समितिको गठन ।
२०१९ पार्टीको तेस्रो महाधिवेशन, तुलसीलाल अमात्य महासचिव । राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित ।
२०२० सर्वसत्तासम्पन्न सार्वभौमसत्ता सम्पन्न संसदको स्थापनाका निम्ति आन्दोलनको अपील र सङ्गठन विस्तार ।
२०२३ पार्टीको सातौं केन्द्रीय समितिको बैठक पार्टीको आचारसंहिता स्वीकृत । त्यसको परिपालना नभएपछि औपचारिक विभाजन, रायमाझीको नेतृत्वमा तेस्रो सम्मेलन ।
२०२४ क. पुष्पलालद्वारा पार्टीको कन्भेन्सनको आह्वान । कम्युनिस्ट पार्टीको १८ वर्षे सिंहावलोकन प्रस्तुत।
२०२५ पार्टीको तेस्रो सम्मेलन, क। पुष्पलालद्वारा नयाँ जनवादी कार्यक्रमको व्यवस्थित रुपमा प्रस्तुत ।
२०२६ कम्युनिस्ट नेताहरु जेलमा, जसमा क। मनमोहन अधिकारी, मोहनविक्रम सिंह लगायतकाप्रमुख नेताहरु मुक्त, १८ कलेजहरुको खारेजीमा विद्यार्थी आन्दोलन ।
२०२८ न्युक्लियसको गठन, पूर्वकोशी प्रान्तीय कमिटिको झापा जिल्ला कमिटीद्वारा विद्रोह, झापा सङ्घर्षको सुत्रपात ।
२०२८ मंसीर २० गते मोहनविक्रम लगायत बागमती प्रान्तीय कमिटीमा रहेका सिद्धिलाल सिंह, नरबहादुरकर्मचार्य, देवेन्द्रलाल श्रेष्ठ मिली केन्द्रीय न्युक्लियस गठन । केन्द्रीय न्युक्लियसका संस्थापकहरुमा मोहनविक्रम, मनमोहन अधिकारी, निर्मल लामा, शम्भुराम श्रेष्ठ, जयगोविन्द शाह, भरतमोहन अधिकारी, रामबहादुर ह्यामो, कमल कोइराला, सिद्धिलाल सिंह आदि रहनुभएको ।
२०२९ नेकपा चौंथो सम्मेलन, झापा सङ्घर्षमाथि घोर दमन ।
२०३० लुम्बिनी अञ्चलको किसान आन्दोलन, त्यस आन्दोलनको भीषण दमन। अर्घाखाँचीमा हर्रेवर्रे सङ्घर्ष, कैयौं नेता कार्यकर्ता गिरफ्तार ।
२०३१ झापा सङ्घर्षका कैयौ नेता गिरफ्तार, राजा वीरेन्द्रको राज्यभिषेक।
२०३१ निर्मल लामा, मोहनविक्रमहरुको पहलमा चौंथो महाधिवेशन । जसको नारा देशभक्त र प्रजातन्त्रवादीहरुको संयुक्त सरकार। मोहनविक्रम सिंह महासचिवमा निर्वाचित ।
२०३५ नेकपा (चौम) को निर्मल लामा महामन्त्री । २०३६ मा भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’महामन्त्री । ४ समूहका बीचमा एकता भएर नेकपा (माले) को स्थापना ।
२०३६ नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको गठन । विद्यार्थी आन्दोलनको पराकाष्ठा र जनमत सङ्ग्रहको घोषणा । जनमत सङ्ग्रहमा क। बलरामको समूहद्वारा ५ पूर्वशतको प्रस्ताव जनमत सङ्ग्रहमा केही कम्युनिस्ट घटकहरुद्वारा बहिष्कार र केहीको सहभागिता, नेकपा मालेको ढुलमुल नीति, चौमद्वारा बहिष्कार अन्य घटकहरु पुष्पलाल, मनमोहन, बर्मा, मानन्धर, रोहित आदि समूहद्वारा सहभागिता ।
२०४० नेकपा चौममा विभाजन, निर्मल लामा नेतृत्वमा नेकपा चौम र मोहनबिक्रम सिंहको नेतृत्वमा नेकपा मशाल । । २०४० कार्तिकमा चौमको राष्ट्रिय सम्मेलन ।
२०४२ नेकपा मशालमा विभाजन, मोहन वैद्यको नेतृत्वमा नेकपा मशाल र मोहनबिक्रम सिंहको नेतृत्वमा नेकपा मसाल गठन ।
२०४३ सेक्टरकाण्ड– नेकपा मशालका तर्फबाट काठमाडौंका प्रहरी बिटमा आक्रमण र पोष्टर टाँस्ने काम । पार्टीका धेरै कार्यकर्ता गिरफ्तार ।। सेक्टरकाण्डपछि मोहन वैद्यद्वारा महामन्त्रीबाट राजीनामा, प्रचण्ड महामन्त्रीमा चयन ।
२०४५ नेकपा मशालको सम्मेलनद्वारा प्रचण्ड महामन्त्रीमा निर्वाचित ।
२०४६ संयुक्त जनआन्दोलनको सुरुवात– नेकपा मशाल, नेकपा मसाल (विद्रोही), सर्वहारा श्रमिक सङ्गठन, नेकपा चौम लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति गठन, २०४६ माघमा ७ घटक मिलेर संयुक्त वाममोर्चा गठन । यसै वर्ष पौष २५ गते कम्युनिस्ट नेता जय गोविन्द शाहको निधन ।
२०४७ कमरेड प्रचण्ड नेतृत्वको नेकपा मशाल, निर्मला लामा नेतृत्वको नेकपा चौम र रुपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक सङ्गठनबीच एकता भई नेकपा एकता केन्द्र गठन ।
२०४८ संसदको प्रथम निर्वाचन ८२ सिटमा कम्युनिस्ट प्रतिनिधिहरुको विजय । नेकपा एमालेबाट केही मानिसहरुको विद्रोह पुनः नेकपा माक्र्सवादी गठन ।
२०४८ मंसीर ४ मा नेकपा (एकता केन्द्र) को एकता महाधिवेशन । महाधिवेशनमा कमरेड प्रचण्डको प्रस्तावमा मार्गनिर्देशक सिद्धान्त माओवाद र दीर्घकालीन जनयुद्धको कार्यदिशा पास । प्रचण्ड महामन्त्रीमा निर्वाचित । २०४८ सालको संसदीय निर्वाचनमा प्रतिनिधि सभामा ९ र राष्ट्रिय सभामा २ गरी ११ सिटमा नेकपा एकता–केन्द्र विजयी ।
२०५१ असार महिनामा नेकपा (एकता केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामा पार्टीबाट अलग । निर्मल लामाको नेतृत्वमा २०५१ सालमा नेकपा एकताकेन्द्र गठन । २०५१ साल फागुन २–४ प्रचण्डको नेतृत्वमा रहेको नेकपा एकताकेन्द्रको तेश्रो बिस्तारित बैठक बसी नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा निर्माण । पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी नामाकरण
२०५२ माघ २२ गते नेकपा (माओवादी) द्वारा देउवा सरकारलाई ४० बुंदे मागसहितको ज्ञापनपत्र प्रस्तुत ।
२०५२ फागुन १ गते जनयुद्ध नेकपा (माओवादी) ले ’प्रतिक्रियावादी राज्यसत्ता ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने नाराका साथ जनयुद्धको घोषणा । जनयुद्दका पहिलो शहीद कमरेड दिल बहादुर रम्तेलको हत्या ।
२०५३ नेकपा माओवादीको जनयुद्धको विभिन्न चरणहरुको निर्धारण र सङ्घर्षको दोस्रो योजनाको समीक्षा ।
२०५४ नेकपा माओवादीको केन्द्रीय कमिटिको बैठकले जनयुद्धको तेस्रो योजनाको घोषणा र छापामार युद्धलाई नयाँ उचाइँमा उठाउँ भन्ने नीति पारित ।
२०५५ भाद्र महिनामा नेकपा (माओवादी) को केन्द्रीय विस्तारित बैठकद्वारा जनयुद्धको चौंथो योजनाको निर्माण । आधार इलाका निर्माणको दिशामा अघि बढौं भन्ने नीति पारित।
२०५५ सरकारद्वारा माओवादीमाथि “किलो सेराटु” अप्रेशन । २०५६ साल भाद्र २३ गते माओवादी बैकल्पिक पोलिटव्यूरो सदस्य सुरेश वाग्ले ‘वासुु’को गोर्खाको हत्या ।
२०५६ अषाढमा सम्पन्न माओवादीको केन्द्रीय समितिको बैठकद्वारा जनयुद्धको पाँचौ योजनाको निर्माण, आधार इलाका निर्माणको दोस्रो चरणमा प्रवेशको निर्णय ।
२०५७ वैशाख २७ गते कमरेड निर्मल लामाको निधन।
२०५७ माघ–फागुनमा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन । सम्मेलनद्वारा जनयुद्धका ५ वर्षका अनुभवहरुको समीक्षा गरी मार्क्सवाद–लेनिनवाद’ माओवादमा नयाँ वैचारिक आयाम थपिएको घोषणा ।
विशिष्ट विचार श्रृङ्खलाका रुपमा प्रचण्डपथ संश्लेषण । प्रचण्ड पार्टी अध्यक्षमा निर्वाचित ।
माओवादीको २०५७ को राष्ट्रिय सम्मेलनद्वारा गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधान सभा निर्वाचनको शर्तसहित सरकारसँग वार्ता गर्न सकिने औपचारिक प्रस्ताव पारित ।
२०५८ राजदरबार हत्याकाण्डपछि माओवादीद्वारा गणतन्त्रको संस्थागत विकासमा जोड ।
असारमा माओवादीद्वारा रोल्पाको होलेरी चौकीमा आक्रमण । तत्कालिन सरकार र माओवादी बीचको पहिलो वार्ता, दोरम्बा नरसंहारका कारण असफल ।
२०५८ मंसीर ८ गते युद्धविराम भङ्ग । स्याङ्जा र दाङमा माओवादीको सशस्त्र आक्रमण तथा ठूलो मात्रामा हतियार र नगद कब्जा ।
औपचारिक रुपमा जनमुक्ति सेनाको घोषणा, प्रचण्ड सुप्रिम कमाण्डर ।
२०५८ मंसीर ११ गते देशभरि सङ्कटकालको घोषणा । सरकारद्वारा आतङ्ककारी तथा विध्वंसात्मक कार्य नियन्त्रण ऐन जारी । देशभरि सेना परिचालन, देशका विभिन्न स्थानमा युद्ध जारी ।
२०५९ एकता केन्द्र र मसालबीच पार्टी एकता ।
राजाद्वारा २०४७ सालको संविधानमाथि अतिक्रमण ।
२०५९ बैशाखमा माओवादी नेताहरुलाई आतङ्कवादी घोषणा र रेडकर्नर नोटिस जारी ।
जेष्ठ १३ गते पत्रकार एवं कवि कृष्ण सेन ‘इच्छुक’को हत्या ।
२०५९ असोज १८ गते राजा ज्ञानेन्द्रद्वारा शाही घोषणा ।
२०५९ माघ १५ गते दोस्रोपटक युद्धविराम । राजाद्वारा माघ १९ मा दोस्रो सम्वोधनमार्फत् शक्ति आफ्नो हातमा लिएको
२०६० माओवादी जनयुद्ध जारी । २०६० जेष्ठमा चुनवाङमा सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकबाट इतिहासका अनुभव र २१ औं शताब्दीमा जनवादको विकासबारे दस्तावेज प्रस्तुत ।सामन्तवाद–साम्राज्यवाद विरोधी शक्तिसँग राजनीतिक प्रतिस्पर्धा गर्ने निर्णय ।
२०६१ माओवादीको केन्द्रीय समितिको पूर्ण बैठकद्वारा रणनीतिक प्रत्याक्रमणको पहिलो योजना सफल पारौं र वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौं भन्ने नीति पारित । चैत्रमा रुकुमको खारामा माओवादी आक्रमण ।
२०६२ माओवादीद्वारा ७ डिभिजन जनमुक्ति सेनाको घोषणा ।
२०६२ असोजमा चुनवाङ्ग बैठक सम्पन्न माओवादी बैठकद्वारा लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित । लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिसँग मिलेर संयुक्त आन्दोलन गर्ने निर्णय,
२०६२ कार्तिकमा तात्कालीन माओवादीको शीर्ष नेतृत्व र तात्कालीन एमालेका नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीबीच रोल्पामा वार्ता ।
तेश्रो जनआन्दोलन शुरु ।
सात राजनीतिक दलबीच राजतन्त्रको अन्त्य र माओवादीको एजेण्डाबमोजिम संविधान सभामार्फत लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि मंसीर ७ गते माओवादी र संसदवादी शक्तिबीच १२ बुंदे सहमति
२०६३ वैशाख ११ गते संसद पुनस्थापनाको घोषणा । गीरिजाप्रसाद कोइराला प्रधानमन्त्रीमा नियुक्त।
२०६३ असार २ गते २५ वर्ष लामो भूमिगत राजनीतिबाट कमरेड प्रचण्ड पहिलोपटक सार्वजनिक ।
नेकपा माओवादी र सरकारबीच बालुवाटारमा वार्ता सम्पन्न ।
२०६३ साल मंसीर ५ गते तत्कालिन प्रधानमन्त्री गीरिजाप्रसाद कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डद्वारा बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर ।
२०६४ चैत्र २८ गते पहिलो संविधानसभाको पहिलो निर्वाचन । नेकपा (माओवादी) बहुमत स्थानमा विजयी ।
कमरेड प्रचण्डको नेतृत्वमा एमालेसहितको वामपन्थी सरकार गठन । विस्तारित बैठकद्वारा नेपालमा एउटै कम्युनिस्ट केन्द्र निर्माणको पहलकदमी लिने प्रस्ताव पारित ।
माओवादीको बालाजु विस्तारित बैठकमा मोहन वैद्यको फरक मत । पार्टीमा गम्भिर वैचारिक र सङ्गठनात्मक मतभेद ।
२०६५ जेठ महिनामा संविधान सभाको पहिलो बैठक । संविधान सभाको बैठकद्वारा औपचारिक रुपमा गणतन्त्र अन्त्यको घोषणा ।
राजा ज्ञानेन्द्रद्वारा पत्रकार सम्मेलन गरी गद्दी त्यागेको घोषणा । २०६५ पौष २९ गते नेकपा (माओवादी) र नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा रहेको नेकपा (एकता केन्द्र मसाल) बीच पार्टी एकता । पार्टीको नाम एकीकृत नेकपा (माओवादी) राख्ने निर्णय ।
२०६६ वैशाख २१ गते नेकपा (एकताकेन्द्र माओवादी)का अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री प्रचण्डद्वारा प्रधानमन्त्रीपदबाट राजीनामा ।
माओवादीद्वारा अनिश्चितकालीन हड्तालसहित सङ्घर्षका कार्यक्रमको घोषणा, शान्तिपूर्ण राजनीतिक कार्यदिशाका विषयमा माओवादीभित्र मतभेद ।
२०६७ मंसीरमा गोरखाको पालुङटारमा माओवादीको बिस्तारित बैठक । अध्यक्ष प्रचण्डको प्रस्तावका विरुद्ध मोहनवैद्य र डा. बाबुराम भट्टराईको फरक मत । विद्रोहको आधार खडा गर्ने बिस्तारित बैठकको निर्णय
२०६८ एकीकृत नेकपा (माओवादी) का नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री । संविधान निर्माण र संविधानका अन्तर्वस्तुबारे दलहरुबीच तीव्र मतभेद ।
२०६९ पहिलो संविधानसभा भंग । पुनः दोस्रो संविधानसभा निर्वाचनको घोषणा ।
२०६९ जेष्ठ ३ गते बौद्धमा सम्पन्न भेलाद्वारा मोहन वैद्यको नेतृत्वमा नेकपा माओवादीको गठन । २०६९ असारमा एकीकृत नेकपा (माओवादी) औपचारिक रुपमा विभाजित ।
२०६९ माघ महिनामा एकीकृत नेकपा (माओवादी) द्वारा सातौं महाधिवेशनको आयोजना । उक्त महाधिवेशनमा शान्ति सम्झौतापछिका सबै राजनीतिक निर्णयहरु संस्थागत गर्ने निर्णय । नयाँ जनवादी क्रान्ति आधारभूत रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै जनवादी क्रान्तिका बाँकी कार्यभारको पूर्णता र समाजवादी क्रान्तिको तयारी एकैसाथ गर्ने निर्णय । समाजवादी क्रान्तिको रणनीति पारित ।
२०७० दोस्रो संविधानसभाको निर्वाचन । संविधानका अन्तर्वस्तुमा सहमति जुटाउने प्रयास जारी ।
२०७१ मोहन वैद्य समूहमा विभाजन
२०७२ असोज ३ गते समावेशी, धर्मनिरपेक्ष, सङ्घीय गणतन्त्रात्मक संविधानको घोषणा, भारतद्वारा नेपालमा नाकाबन्दी सुरु । माओवादीको समर्थनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित ।
माओवादी परित्याग गरी डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टीको गठन । साना वामपन्थी पार्टीहरु मिलाएर मोहन वैद्यको नेतृत्वमा नेकपा माओवादी क्रान्तिकारीको गठन ।
२०७३ साउनमा अध्यक्ष कमरेड प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री । ७५३ स्थानीय तहहरुको घोषणा र स्थानीय निर्वाचन सम्पन्न ।
२०७३ क. रामबहादुर थापा ‘बादल’को नेतृत्वमा नेकपा (क्रान्तिकारी माओवादी) बाट विद्रोह, एकीकृत नेकपा (माओवादी) सँग पार्टी एकतासँगै पार्टीको नेकपा (माओवादी केन्द्र) राख्ने निर्णय ।
२०७४ असोज १७ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा पार्टी एकता गर्ने प्रतिवद्धताका साथ संयुक्त रुपमा संसदीय निर्वाचनमा जाने घोषणा, संयुक्त घोषणापत्र र संयुक्त उम्मेदवारको घोषणा । जनताको व्यापक समर्थन, वाम गठबन्धनलाई बहुमत प्राप्त ।
२०७४ फागुन ३ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित ।
२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकीकरण तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को घोषणा। समाजवाद प्राप्तिको दिशामा अघि बढ्ने रणनीतिक कार्यदिशा पारित ।
२०७६ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सरकार सञ्चालन तथा पार्टीले लिनुपर्ने दिशाका बारेमा मतभेद शुरु,
२०७७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा वैचारिक मतभेद तीब्र, अध्यक्ष ओलीको कार्यशैलीविरुद्ध अर्का अध्यक्ष कमरेड प्रचण्डद्वारा लिखित प्रस्ताव प्रस्तुत
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन, पार्टीको बहुमत पक्षद्वारा संसद विघटनको विरोध र सडक संघर्ष फागुन ११ गते सर्वोच्च अदालतद्वारा विघटित संसद पुनर्वहाली भएको फैसला।
फागुन २३ गते सर्वोच्चद्वारा नेकपाको एकता भंग भएको घोषणा।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववतरुपमा अलग पार्टी ।
२०७८ जेठ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दोस्रोपटक प्रतिनिधिसभा विघटन। असारमा सर्वोच्चद्वारा संसद विघटन खारेज ।
पुसमा नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन, अध्यक्षमा प्रचण्ड निर्वाचित, २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो कार्यदिशा पारित।
२०७९ मंसीरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न, पुस ११ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित
२०८० कमरेड प्रचण्ड नेतृत्वको सरकार भ्रष्टाचारका विरुद्ध सुशासनको महाअभियानको घोषणा, नक्कली भुटानी शरणार्थी प्रकरण,
ललिता निवास प्रकरण र अवैध सुन प्रकरणका दोषीहरुमाथि कार्वाही। भारत, संयुक्त राष्ट्रसंघ र चीनमा प्रधानमन्त्री प्रचण्डको भ्रमण। विद्युत व्यापार लगायतका क्षेत्रमा नेपालको ऐतिहासिक सफलता।
केन्द्रीय समितिको तेश्रोे पूर्ण बैठक सम्पन्न, पार्टी संगठनलार्ई संविधानको मर्मबमोजिम पूर्णरुपमा समावेशी समानुपातिक संरचनामा लैजाने निर्णय
केन्द्रीय समितिको चौथो पूर्ण बैठक सम्पन्न, जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानको घोषणा