माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
४ फागुन, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
४ फागुन, २०८०
काठमाडौँ, फागुन : प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान परिमार्जनसहित पारित भएको छ ।
नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूह गत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो ।
अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
विधान अधिवेशन लगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताउनुभयो । उहाँले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताउनुभयो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि २० समूहहरूबाट सुझाव सङ्कलन गरिएको थियो ।