संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

गठबन्धन पाँचै वर्ष जान्छ, राम्रा कामको सुरुवात भएको छ अझै राम्रा काम गर्छौं - प्रधानमन्त्री  प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार पाँचै वर्ष जाने बताउँनुभएको छ। गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको बताउनुहुँदै प्रधानमन्त्रीले बाँकी ४ वर्षमा धेरै राम्रा काम गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो -'सरकारले यो एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने केही कामहरु गरेको छ ।  नागरिकता समस्या , मिटरव्याजीको समस्या , सामाजिक सुरक्षाको क्षेत्रमा , विकास निर्माणको क्षेत्रमा सरकारले बुढिगण्डकी आयोजना , जलवायु न्यायको विषयमा पर्वतिय देशहरुको नेतृत्व गरिएको  छ । एक वर्षमा यति काम भएभने बाँकि ४ वर्षमा त झनै धेरै राम्रा काम हुनेछन् ।'

सरकारले राम्रा कामको सुरुवात गरेको भएको भएपनि गणतन्त्र र परिवर्तन विरोधिहरुले ती काम राम्रा भए भनेर नभन्ने बताउनुहुँदै राम्रा कामको पचार जनता र परिवर्तन पक्षधरले गर्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो  । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो हामीले गाउँगाउँमा सिंहदरबारको रुपमा महिला, दलित र सबैको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था स्थापना गरेका छौं । यसबाट धेरै राम्रा काम पनि भएका छन् । त्यसको पक्षमा हामीले बोल्नुपर्छ । सरकारका राम्रा कामको प्रचार हामीले नै गर्नुपर्छ ।

पछिल्लो समय परिर्वतन विरोधिहरुले सरकार, गठबन्धन र प्राप्त उपलब्धिका विरुद्ध सडयन्त्र गरिरहेको प्रधानमन्त्रीले बताउनुभयो । त्यसकै कारण नकारात्मक मात्रै देखाएर अध्यारो मात्रै देखाउने काम  गर्न खोजिएको उहाँले बतानुभयो । यद्यपी त्यस्ता सडयन्त्र र परिवर्तन विरोधि अवरोध छिचोल्न सरकार सफल बनेको प्रधानमन्त्रीको भनाई छ ।

'गठबन्धनका विरुद्ध विभिन्न षडयन्त्र र धार्मिक द्धन्द्ध सिर्जना गर्न खोजियो । तर उनीहरूले जतिसुकै बल गरेपनि केही भएको छैन । हामीले बडो धैर्यताको साथ धार्मिक र अतिवादी प्रयास विफल तुल्यायौँ, ' प्रधानमन्त्री प्रचण्डले भन्नुभयो

प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष गठबन्धन परिवर्तन लगायतका विभिन्न अलमलका बजेट निर्माणमा राम्रो ध्यान दिन नसकिएको बताउँदै यो वर्ष बजेट निर्माणमा व्यापक छलफल गरेर जनताको सहभागिता बजेट निर्माणमै गराइने बताउनुभयो ।

‘निर्वाचन लगत्तै एउटा परिस्थितिमा सरकार बन्यो र मैले त्यो सरकारको नेतृत्व गर्न पाएँ, पछि फेरि राजनीतिक कोर्स फेरियो म फेरि गठबन्धनको प्रधानमन्त्री बनें’ उहाँले भन्नुभयो, ‘ त्यति बेलासम्ममा नीति तथा कार्यक्रम बनिसकेको थियो, त्यसैले गत वर्ष पर्याप्त ध्यान पुग्न सकेन, आगामी बजेटमा म उचित सम्बोधनको प्रयास गर्नेछु ।’

प्रधानमन्त्री प्रचण्ड नेकपा (माओवादी केन्द्र)को जनतासँग रुपान्तरण अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड सात वटा प्रदेशका सात वटा वडा जानुपर्ने कार्यक्रम अन्तर्गत वारपाक सुलिकोट गाउँपालिका ८ वडा उहाँको जिम्मा परेको थियो । सोही कार्यक्रम अन्तर्गत उहाँ कार्यक्रममा सहभागी हुन् गोरखा पुग्नुभएको हो ।