संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

विशेष रूपान्तरण अभियानः यस्तो छ शीर्ष नेताहरूको जिम्मेवारी बाँडफाँड

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान

काठमाडौं । नेकपा माओवादी केन्द्रले देशव्यापी शुरु गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’का लागि प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंको चन्द्रागिरी नगरपालिका घट्टेडाँडामा जाने भएका छन् ।

सो पार्टीको गत १७ देखि २१ साउनसम्म बसेको चौथो पूर्ण केन्द्रीय समितिको बैठकले तय गरेको जनतासँग रुपान्तरण अभियानका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धीमा जाने भएका छन्।

सो अभियानको भदौ १६ गते शनिबार अध्यक्ष प्रचण्डद्वारा पार्टी कार्यालय पेरिसडाँडाबाट अर्चुअल उद्घाटनपछि प्रचण्ड चन्द्रागिरी नगरपालिका २ घट्टेडाँडा पार्कमा गएर स्थानीय नेता तथा कार्यकर्तामाझ सम्बोधन गर्नेछन् भने उपाध्यक्ष कृष्ण बहादुर महरा रोल्पाका जेलवाङस्थित सुनछहारी गाउँपालिकामा पुग्नेछन्।

त्यस्तै अर्का उपाध्यक्ष अग्नि प्रसाद सापकोटा सिन्धुपाल्चोकको लिसंखुपाखर ३ र उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२, ललितपुरमा जिम्मेवारी परेको छ।

त्यसैगरी महासचिव देव गुरुङले लम्जुङको सुन्दरबजार नगरपालिका भोटेओडार ८ मा जिम्मेवारी परेको छ भने उपमहासचिवहरुमा गिरीराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका ४, काठमाडौँ, वर्षमान पुन काठमाडौँ महानगरपालिका १६, गोंगबु, हरिवोल गजुरेल कमलामाई नगरपालिका सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी नगरपालिका २ काठमाडौँ, शक्तिबहादुर बस्नेत भेरी नगरपालिका १, जाजरकोट, मातृका प्रसाद यादव विरेन्द्रनगर नगरपालिका १ सुर्खेत, सचिवहरुमा दिनानाथ शर्मा बागलुङ नगरपालिका १२ बागलुङ, चक्रपाणि खनाल विराटनगर महानगरपालिका १८, मोरङ, देवेन्द्र पौडेल पोखरा महानगरपालिका २०, कास्की, लीलामणि पोख्रेल बर्दिबास नगरपालिका महोत्तरी, गणेश शाह काठमाडौँ महानगरपालिका १० बानेश्वर, हितमान शाक्य सिस्ने गाउँपालिका ६, रुकुम पूर्व, हितराज पाण्डे पालुङटार नगरपालिका ६, गोरखा, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका १६, कैलाली, सुरेन्द्र कुमार कार्की बुद्धशान्ति गाउँपालिका ४, झापा तथा कोषाध्यक्ष श्रीराम ढकाललाई चन्द्रागिरी नगरपालिका २, काठमाडौँमा जिम्मेवारी तोकिएको छ।