संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

बैतडी जिल्लामा माओवादीको अभियानबारे समिक्षा बैठक

 बैतडी - नेपाल कम्युनिस्ट पार्टी जिल्ला समन्वय समिति बैतडीले अभियानको समिक्षा बैठक सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा  माओवादी केन्द्रको तीन महिने  रुपान्तरण अभियानको समिक्षा भएको हो । समीक्षा बैठकमा पार्टी सदस्यता बिस्तार, जनतामा पार्टीको अवस्था, संगठन सुदृढीकरण लगायतका  विषयमा पालीका तहमा रहेका इन्चार्ज हरुले रिपोर्टीङ गर्नुभएको थियो । रिपोर्टिङका क्रममा नेताहरूले  रुपान्तरण अभियानले पार्टीलाई जनताको घर घरमा पुर्याएको र त्यसले पार्टीको हैसियतलाई माथि उठाउने काम गरेको बताउनुभएको थियो ।समीक्षा बैठकमा नेताहरूको रिपोर्टिङ पछि पार्टी उपाध्यक्ष अग्नी प्रसाद सापकोटाले जनसंगठनलाई चलायमान बनाउन नयाँ पुस्तालाई पनि पार्टीमा स्थान दिएर नेतृत्व विकास गर्दै लानुपर्नेमा जोड दिनुभयो । पार्टी रुपान्तरण अभियानले जनतामा बिशेष प्रकारको उर्जा जागृत भएका भन्दै प्रवक्ता सापकोटाले  वर्तमान प्रचण्ड नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्न र सतहमा आएका भ्रमपूर्ण समाचारको खण्डन गर्न समेत आग्रह गर्नुभयो । माओवादी पार्टीसँग अझै जनताको आशा भरोसा रहेको बताउनुभएका नेता सापकोटाले जनतासँग ईमान्दार प्रयत्न गरेर  काम गर्न  जिल्लाका नेताहरूलाई निर्देशन समेत दिनुभयो ।  "जनतासँग माओवादी विशेष रुपान्तरण तीन महिने अभियान"को अन्तिम चरणमा रहेको नेकपा (माओवादी) केन्द्र सुदूर पश्चिम प्रदेश समितिले अभियानको  समीक्षा गरिरहेको छ । पार्टी प्रवक्ता समेत रहनुभएका केन्द्रीय उपाध्यक्ष अग्नी सापकोटा केहि दिन यता पार्टी प्रशिक्षण तथा जिल्ला गत समीक्षाका लागि सुदूर पश्चिम प्रदेशमा रहनुभएको छ ।

सरकारले लिएको सुशासन,समृद्धि,र सामाजिक न्याय प्रदान गर्ने उदेश्य सहित यस अघि २०८० श्रावण २१ गते देखि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिले तीन महिने पार्टी रुपान्तरण अभियान संचालन गर्ने निर्णय गरेको थियो। बैठकले "जनतासँग माओवादी विशेष रुपान्तरण अभियान"सञ्चालन गर्ने निर्णय गर्दै भदौ १६ देखि मंसिर १५ सम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, दशै तिहारका कारण जनतामा पुग्न नसकेको भन्दै पार्टीले १ महिना अभियान लम्ब्याउने निर्णय गरेको थियो । सोही अनुरुप पार्टी रुपान्तरण अभियान आगामी पुस १६ गते सम्म चल्ने छ ।  जस अन्तर्गत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय कार्यालय पेरिस डाँडाबाट ६ हजार ७ सय ४३ वटै वडामा एकैसाथ उद्‍घाटन  गर्नुभएको थियो ।

"जन जनमा माओवादी मन मनमा माओवादी "को नारासहित हरेक गाउँबस्ती र जनताको घर घरमा पुग्ने लक्ष्यसहित सञ्चालन भएको अभियानमा प्रत्येक वडामा केन्द्रीय सदस्यलाई कमान्डर तोकेर जिम्मेवारी दिएको थियो।

माओवादीले संचालन गरेको उक्त अभियान अन्तरगत गाउँगाउँमा बाटोघाटो बनाउने,सरसफाइ गर्ने देखि जनताको खेतबारीमा जोत्ने र खेतिबाली काट्ने र भित्र्याउने सम्मका विभिन्न जनमुखी कामहरू गरेको माओवादी केन्द्र  सुदूर पश्चिम प्रदेश समितिले जानकारी दिएको छ ।