संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण, बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

 
भरतपुर, १४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरबाट प्रवाह हुँदै आएको स्वास्थ्य सेवाबारे जानकारी लिनुभएको छ । सो अवसरमा प्रधानमन्त्रीले मेडिकल कलेजमा उपचाररत पूर्वमन्त्री घनश्याम दाहाल एवं सर्वसाधारणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । 

उहाँले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गर्नुका साथै त्यहाँबाट प्रवाह हुँदै आएको सेवाबारे जानकारी लिनुभयो ।

सामान्य र विशेषमा गरी यस अस्पतालबाट दैनिक एक हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएको अस्पतालले जनाएको छ ।