प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
१९ पुष, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
१९ पुष, २०८०
काठमाडौँ,पुस १९ - नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबारमा भेटवार्ता भएको छ ।
विदेशमन्त्री जयशंकर सहितको प्रतिनिधिमण्डल सँगको भेटका अवसरमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्यका बारेमा छलफल भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन आज नेपाल आइपुग्नुभएका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।