संसारका मजदुर एक होऔं !
मालेमावाद – जिन्दावाद !
कोशी प्रदेशका वडा-वडामा फैलिँदै माओवादी अभियान
नेकपा (माओवादी केन्द्र) को विशेष रुपान्तरण अभियान कोशी प्रदेशमा सक्रियताका साथ चलिरहेको छ। कोशी प्रदेशका १४ वटै जिल्लाका ११५७ वटा वडामा अभियान सञ्चालन भएको माओवादी केन्द्र प्रदेश कार्यालयले जनाएको छ।
<span style="font-family:Calibri,"sans-serif"">नेकपा (माओवादी केन्द्र) को विशेष रुपान्तरण अभियान कोशी प्रदेशमा सक्रियताका साथ चलिरहेको छ। कोशी प्रदेशका १४ वटै जिल्लाका ११५७ वटा वडामा अभियान सञ्चालन भएको माओवादी केन्द्र प्रदेश कार्यालयले जनाएको छ। अभियानको लागि पार्टीले केन्द्र र प्रदेश तहका नेताहरुलाई वडाको कमाण्डर बनाएर मैदानमा पठाएको छ।
<span style="font-family:Calibri,"sans-serif"">अभियानका क्रममा जनताको घर घरमा जाने र जनताको कुरा सुन्ने माओवादीको योजना छ। माओवादीले यो अभियानलाई आफूहरूको अन्तिम परीक्षा भएको बताएको छ। जनतासँग सम्बन्ध थप विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन भएको हो।
<span style="font-family:Calibri,"sans-serif"">अभियानको क्रममा सरसफाइ, वृक्षारोपण, लागू औषध सम्बन्धी जनचेतनामूलक प्रशिक्षण, सहिद तथा बेपत्ता परिवार सम्मान, श्रम अभियान, मजदुर, किसान, उत्पीडित समुदाय र आम नागरिकसँगको संवाद तथा भेटघाटका कार्यक्रम भएका छन्। विराटनगरमा पार्टीका केन्द्रीय सचिव एवं प्रदेशका अभियान इञ्चार्ज चक्रपाणी खनालसहितको उपस्थितिमा मार्चपास भएको थियो।
<span style="font-family:Calibri,"sans-serif"">विराटनगरको बजारमा मार्चपाससहित अभियान सुरु गरिएको थियो। मार्चपासमा पार्टीका केन्द्रीय सदस्य एवं महानगरका अभियान इञ्चार्ज दुर्गा चापागाईसहितका नेता तथा कार्यकर्ताहरुले सहिद दिवाकर चोकबाट गोल्छा चोक हुँदै ट्राफिक चोकमा पुगेका थिए।
<span style="font-family:Calibri,"sans-serif"">कार्यक्रममा इञ्चार्ज चक्रपाणि खनाल (बलदेव) ले आर्थिक रुपान्तरण र देश विकासको लागि माओवादी जनताको घरमा गएको बताउनु भयो। आफ्ना कमजोरी सच्याएर जाने प्रतिबद्धतासहित नागरिकलाई सचेत बनाउन अभियानले भूमिका खेल्ने बताउनु थियो। पार्टीले गरेका राम्रा काम र सरकारले चलाएको भ्रष्टाचारविरोधी अभियानको पक्षमा नागरिकलाई प्रष्ट पार्ने काम अभियानको क्रममा हुने उहाँले जानकारी दिनुभयो।
<span style="font-family:Calibri,"sans-serif"">अभियानको क्रममा विराटनगरका वडाहरुमा घाट सरसफाइ, मन्दिर सरसफाइ, स्वास्थ्य शिविर, आँखा शिविर लगायतका कार्यक्रम गरिएको पार्टीले जनाएको छ। अभियानको क्रममै विराटनगर ४ इक्राहीमा आँखा शिविर सञ्चालन भएको थियो। शिविरमा करिब ३ सय जनाको आँखा परीक्षण गरिएको र करिब एक सय जनालाई निःशुल्क चस्मासमेत वितरण गरेको पार्टीले जनाएको छ। शिविरको उद्घाटन पार्टीका केन्द्रीय सदस्य तथा अभियानको विराटनगर इञ्चार्ज दुर्गाप्रसाद चापागाईँले गर्नुभएको थियो।
<span style="font-family:Calibri,"sans-serif"">मोरङको बेलबारीका ११ वटै वडाहरूमा ३ महिने अभियान सञ्चालन भएको छ। बेलबारीमा अभियानको उद्घाटन पार्टीका केन्द्रीय सदस्य एवं पर्यटन तथा संस्कृतीमन्त्री सुदन किराँतीले गर्नुभएको थियो। माओवादी केन्द्र कमजोर हुँदा ठुलो राजनीतिक परिवर्तनको बलमा स्थापित उपलब्धिहरू सङ्कटमा परेको बताउँदै उहाँले अब माओवादीको पुनःउत्थानको विकल्प नभएकोमा जोड दिनुभयो।
<span style="font-family:Calibri,"sans-serif"">माओवादीका नेता कार्यकर्ताले जनतासँगको सम्बन्ध कायम गर्न नसक्दा जनता र माओवादीको सम्बन्ध बिग्रेको बताउँदै उहाँले जनतासँग सम्बन्ध सुधार गर्दै जाने हो भने माओवादीले तत्कालै पालुवा फेर्ने र जनताका स्थापित हक अधिकारहरू सुरक्षित गर्न सक्नेसमेत उल्लेख गर्नुभयो। पार्टीले जनतासँग सम्बन्ध सुधार र पार्टी निर्माणकै लागि अभियान सुरु गरेको भन्दै मन्त्री किरातीले जनताको सुख र दुःखमा माओवादी सँगै हुने प्रतिबद्धतासमेत जनाउनु भयो।किरातीले मोरङको बेलबारी बहुमुखी क्याम्पस र सहिद प्रतिष्ठानमा वृक्षारोपण गर्दै अभियान सुरु गर्नुभएको थियो।
<span style="font-family:Calibri,"sans-serif"">पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानलाई जनयुद्धजस्तै महान् र कठोर संघर्ष रहेको भन्दै मन्त्री किरातीले भ्रष्टहरूलाई जेल कोचेर सरकारले देश र जनताका लागि सुशासनको महान् अभियान थालनी गरेको बताउनु भयो। अभियानका क्रममा मन्त्री किरातीले बेलबारी नगरपालिकाको वडा नम्बर ३ मा जिम्मेवारी पाउनु भएको छ।
<span style="font-family:Calibri,"sans-serif"">मोरङको पथरीशनिश्चरेमा केन्द्रीय सदस्य सरस्वती पोखरेलको नेतृत्वमा अभियान सञ्चालन भएको छ। पोख्रेलले पथरीशनिश्चरे १० नम्बर वडाको कमाण्ड आफैं सम्हाल्नु भएको छ।
<span style="font-family:Calibri,"sans-serif"">मोरङको कानेपोखरीमा पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी समिता कार्कीको उपस्थितिमा अभियान सञ्चालन भएको छ। खोटाङ घर भएकी नेतृ कार्कीलाई अभियानको नेतृत्व गर्दै पार्टीले मोरङको इञ्चार्ज बनाएर कानेपोखरीको जिम्मा दिइएको हो।
<span style="font-family:Calibri,"sans-serif"">मोरङको ग्रामथानमा सबै वडाहरूमा विशेष रुपान्तरण अभियान सञ्चालन भएको छ। ग्रामथानमा प्रदेश सभा सदस्य एवं पार्टी नेतृ सपना परियारले अभियानको नेतृत्व गर्नुभएको छ।
<span style="font-family:Calibri,"sans-serif"">अभियानको क्रममा नेकपा माओवादी केन्द बुढीगंगा गाउँपालिकाले वडा नम्बर ६ ले सहकर्मीको धान गोडेको छ। अभियानमा सहभागी हुन पुगेका माओवादी नेता, कार्यकर्ता तथा समर्थक सुभेच्क्षुकहरुले तत्कालीन गाउँ पार्टीका अध्यक्ष डिल्ली आचार्यको खेतको धान गोडेका थिए। आचार्य मोटरसाइकल दुर्घटनामा परेर लामो समयदेखि शारीरिक रुपमा अशक्त हुनुहुन्छ।
<span style="font-family:Calibri,"sans-serif"">बुढीगंगामा पार्टीका केन्द्रीय सदस्य अनिता परियारको नेतृत्वमा अभियान सञ्चालन भएको छ। अभियान टोलीलाई सम्बोधन गर्दै उहाँले माओवादीहरु जनताको बीचमा गएर श्रम संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो।
<span style="font-family:Calibri,"sans-serif"">मोरङको रतुवामाईमा सहिद परिवार सम्मान तथा चियापान कार्यक्रम गरि अभियान सुरु भएको छ। रतुवामाई ६ मा सहिद परिवारलाई सम्मान गरिएको थियो। उता मोरङकै रंगेली ४ मा सरसफाई कार्यक्रम भएको छ। रंगेली ६ को आमगाछि सोमबारे हटिया, स्कूल, प्रहरी चौकी र स्वास्थ्य केन्द्रमा सरसफाइ गरिएको छ।
 <span style="font-family:Calibri,"sans-serif"">रतुवामाइका विभिन्न सार्वजनिक स्थलमा घेराबेरासहित बृक्षारोपण, रक्तदान तथा सहिद परिवारलाई सम्मान, इटहरामा बजारमा सरसफाइ, बिपन्न परिवारलाई आर्थिक सहयोगसहितका कार्यक्रम भएका छन्।
<span style="font-family:Calibri,"sans-serif"">उता खोटाङको ऐसेलुखर्कका ७ वटै वडाहरूमा अभियान उद्घाटन भएको छ। तीन चरणमा सम्पन्न हुने अभियानले पार्टी सुदृढीकरण गर्दै नयाँ शिराबाट अगाडि बढ्ने विश्वास नेता तथा कार्यकर्ताको छ।
<span style="font-family:Calibri,"sans-serif"">अभियानको क्रममा पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले इलामको माइजोगमाईमा सहिदको चिहान सरसफाइ गरेका छन्। माईजोगमाईको १ का सहिद चन्द्रकला सुवेदी र हिमालको समाधिस्थललाई सरसफाई गरेर अभियान सुरु भएको हो।
<span style="font-family:Calibri,"sans-serif"">अभियानको क्रममा इलामको माङसेबुङ गाउँपालिका ५ मा आगलागी पीडितको घर ढलानमा श्रमदान गरिएको छ। अभियानको वडा कमान्डर राम योङहाङसहित टोलीले श्रमदान गरेको थियो।
<span style="font-family:Calibri,"sans-serif"">इलामको माई नगरपालिका २ का सहिद मंगलबहादुर लिम्बू (घायल) को बुवा पूर्णबहादुर लिम्बुलाई सम्मान गरिएको छ। यस्तै सो क्षेत्रमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
<span style="font-family:Calibri,"sans-serif"">जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा सोलुखुम्बुको खुम्बुमा सहिद परिवारलाई सम्मान गरिएको छ। पार्टीका प्रदेश समिति सचिवालय सदस्य तथा जिल्ला संयोजक असिम राईले खुम्बुपासाङ ल्हामु गाउँपालिकामा सहिद परिवारलाई सम्मान तथा खाद्यान्न वितरण गरेका थिए।
<span style="font-family:Calibri,"sans-serif"">सोलुखुम्बुको टोलबस्तीहरुमा अहिले माओवादी केन्द्रका नेताहरु पुगेका छन्। सोलुखुम्बुको अभियानको नेतृत्व पार्टीका केन्द्रीय सदस्य निर्मल बरालले गर्नुभएको छ। जिल्लाको सोताङ गाउँपालिकामा सहिद परिवारसँग भेटघाटसँगै सोताङ प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ। प्रदेश सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज ठमनाथ पराजुली (ध्रुव)को नेतृत्वमा रहेको टोलीले दुधकोशी नदीमा बेलिबृजमा क्षति पुगेर सवारी आवगमन बन्द भएपछि भएको मृल्य वृद्धि तथा कालोबजारीलाई नियन्त्रण गर्न सम्बन्धित निकायमा ज्ञापनपत्रसमेत बुझाएको छ।
<span style="font-family:Calibri,"sans-serif"">अभियानको क्रममा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले दिप्लीघाटको झुलुङ्गे पुलबाट मोटरसाइकल आवतजावत गर्ने गरि बाटो निर्माण कार्य सुरु गरिएको छ। दुधकोशी नदीमा रहेको बेलिबृज बाढीले बगाई सवारी आवगमन बन्द भएपछि मोटरसाइकलको लागि बैकल्पिक मार्ग निर्माण गरिने प्रदेश समिति सदस्य गणेशकुमार राईले जानकारी दिनुभयो। मुक्लीमा दुधकोशी सामुदायिक अस्पताल देखि वीरेन्द्रदोय मा.वि. मुक्ली जाने सडक सोलिङ गरिएको छ।
<span style="font-family:Calibri,"sans-serif"">जिल्लाको महाकुलुङ गाउँपालिकामा पनि सहिद परिवारसँग भेटघाटसहित अन्तरक्रिया गरिएको छ। नेचा सल्यान गाउँपालिका भित्रका विभिन्न सडक सरसफाई तथा सामान्य मर्मत गरिएको छ। सोलुदुधकुण्ड नगरपालिकामा विरामीलाई फलफुल वितरण गरिएको छ भने तिङ्लामा लाग्ने साप्ताहिक हाट परिसर सरसफाई गरिएको छ भने सहिद परिवारसंग भेटघाट कार्यक्रम भएको छ।
 अभियानको क्रममा तेह्रथुमको फेदाप गाउँपालिका ४ सम्दुमा विशेषा कार्यक्रम भएको छ। फेदाम-१ सिम्लेमा पनि विशेष कार्यक्रमबीच अभियान सुरु भएको पार्टीले जनाएको छ।
<span style="font-family:Calibri,"sans-serif"">सुनसरीको हरिनगर ४ मा हरिनगरा मा.वि.मा सरसफाई गर्दै अभियान सुरु भएको छ। नेकपा माओवादी केन्द्रका कोशी प्रदेश कोषाध्यक्ष गगन पुरीको उपस्थितिमा अभियान सुरु भएको हो।
<span style="font-family:Calibri,"sans-serif"">उता झापाको दमकमा अभियानका कमाण्डर इन्द्र आङ्बोको उपस्थितिमा सहिद परिवार सम्मान गर्दै अभियान सुरु भएको छ। आङ्बोले दमक-७ का सहिद परिवारलाई सम्मान गरिएको थियो।
<span style="font-family:Calibri,"sans-serif"">उदयपुर र खोटाङ जिल्लामा वडा-वडामा सरसफाई, बृक्षारोपण, खेलकुद, वडा कार्यालय उद्घाटन कार्यक्रमसहित अभियान सुरुवात भएको छ। त्रियुगा नगरपालिका वडा नं.१० उदयपुरले जिल्ला अस्पताल सरसफाइ गरेर र वडा नं.३ ले रामजानकी मा.वि. सरसफाइ गरेर अभियानको उद्घाटन गरेका थिए।
<span style="font-family:Calibri,"sans-serif"">अभियानको क्रममा धनकुटाको छथर जोरपाटी गाउँपालिकामा अपांगता भएकाहरुलाई सम्मान गरिएको छ। यस्तै महालक्ष्मी नगरपालिकामा पार्टीको बैठक तथा भेलासहित अन्तरक्रिया कार्यक्रम भएको छ