संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

माओवादी अभियानः सुदूरपश्चिमका ८८ वटै पालिकामा उद्घाटन, कुन जिल्लामा काे-काे ?

अध्यक्ष प्रचण्डको विशेष सम्बाेधनसँगै जनताको सहभागितामा अभियान उद्घाटन गरिएको हाे।

धनगढी । नेकपा (माओवादी केन्द्र) को तीन महिने ‘जनतासँग माओवादी विशेष रुपातन्तरण अभियान’ सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा  एकैसाथ उद्घाटन गरिएको छ। शनिबार दिउँसो १ बने ९ वटै जिल्लामा अध्यक्ष प्रचण्डको विशेष सम्बाेधनसँगै जनताको सहभागितामा अभियान उद्घाटन गरिएको हाे।

९ वटै जिल्लाको अभियान टोली

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै कैलालीमा अभियान टोली खटिएका छन्। जनयसंख्याको हिसाबले घरघरमा पुग्नेगरी कैलालीमा १३ अभियान टीम खटिएका छन्। पार्टीका केन्द्रका सचिव डिलाराम आचार्य पनि कैलालीमै खटिएका छन्।

कैलालीः केन्द्रीय सचिव डिलाराम आचार्य, केन्द्रीय सदस्यहरु त्रिलोचन भट्ट, शान्ति नेपाली, रेणु चन्द, विमला सिंह, देवीलाल चौधरी, मोतिकला चलाउने, देवराज रेग्मी, टेकेन्द्र भट्ट, तारामान स्वाँर, लोकेन्द्र लम्साल खटिएका छन्। प्रदेश अध्यक्ष हरिराम चौधरीले पनि अभियान टोलीको नेतृत्व गरेका छन्।

डडेल्धुराः डडेल्धुरा भौगोलिक हिसाबले सानो जिल्ला भएकोले ५ वटा अभियान टोली खटिएका छन्। केन्द्रीय सदस्यहरु, भगत बडुवाल, शिवसिंह ओली, रमेश धामी, दलबहादुर धामी रहेका छन्।

दार्चुलाः दार्चुलामा १० वटा टोली खटिएका छन्। जिल्ला संयोजक र प्रदेश सदस्यहरुले पनि अभियान टोलीको नेतृत्व गरेका छन्। केन्द्रीय सदस्यहरु नरेन्द्र कुँवर, डम्बर घर्ती, गणेश खत्री, जमानसिंह धामी, भुवन चन्द्र बिक रहेका छन् भने विनोद कुँवर, रामदत्त जोशी, पानसिंह धामी, लाल बहादुर बिक, प्रदेश सदस्य हुन्। त्यस्तै, जिल्ला संयोजक पदमराज पन्तले पनि अभियान टीमको नेतृत्व गरेका छन्।

बैतडीः बैतडीमा ८ वटा अभियान टोली खटिएका छन्। एक जना प्रदेश उपाध्यक्ष र ७ जना केन्द्रीय सदस्यले नेतृत्व गरेका छन्। जसमा रामप्रसाद तिमिल्सिना, भक्त विश्वकर्मा, भरत धानुक, माया नेगी, मान सिंह धामी, गणेश खत्री रहेका छन् भने प्रदेश उपाध्यक्ष मान सिंह माल रहेका छन्।

अछामः अछाम जिल्लामा १० वटा अभियान टोली खटिएका छन्। भौगोलिक रुपमा ठूलो मानिएको अछाममा केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला संयोजकले समेत अभियान टोलीको नेतृत्व गरेका छन्। केन्द्रीय सदस्य ओमप्रकाश पुन, कुन्ती जोशी र नरेन्द्र कुँवर रहेका छन् भने केन्द्रीय सल्लाहकार जंग बिक, शिद्धराज भाट र जिल्ला संयोजक रविन्द्र साउद, प्रदेश सदस्यहरु जोरासिंह विष्ट, प्रदेश सहसचिव प्रकाश परियार, प्रदेश सदस्य पहल साउद, इश्वरी थापाले अभियान टोलीको नेतृत्व गरेका छन्।

डोटीः जिल्लामा ६ वटा अभियान टोली खटिएका छन्। केन्द्रीय सदस्यहरु शरद सिंह भण्डारी, लक्षिराम आचार्य, गोविन्द बिक रहेका छन्। त्यस्तै, प्रदेश उपाध्यक्ष कृष्ण बडुवाल र प्रदेश सदस्य छवि ओलीले अभियान टोलीको नेतृत्व गरेका छन्।

कञ्चनपुरः जिल्लामा ९ वटा अभियान टोली खटिएका छन्। केन्द्रीय सदस्यहरु नेपबहादुर थारु, वीरमान चौधरी, शंकर खड्का, दिपा चौधरी, सरु थारु, विनिता चौधरी, गोविन्द तिमिल्सिना रहेका छन्। त्यस्तै निर्वाचन आयोग सदस्य हरिराम श्रीपाइलीले दोधारा चाँदनीको अभियान टोलीको नेतृत्व गरेका छन्।

बाजुराः बाजुरामा ५ वटा अभियान टोली खटिएका छन्। केन्द्रीय सदस्य देवकी मल्ल, लक्ष्मण खड्का, तिलक परियारले अभियान टोलीको नेतृत्व गरेका छन् भने जिल्ला सचिव रमेशराज बिकले पनि नेतृत्व गरेका छन्।

बझाङः जिल्लामा १० वटा अभियान टोली खटिएका छन्। केन्द्रीय सदस्य लालबहादुर सोडारी, ललित सिंह गगुन्ना, केन्द्रीय अनुशासन आयोगका सदस्य धर्मराम बिक, प्रदेश उपाध्यक्ष, रणबहादुर कुँवर, सहसचिव केशवनाथ योगी रहेका छन्।