संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

अतिवादी  र अराजकतावादी निकै आतंकित छन् - प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,मंसिर २५ - प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले अतिवादी  र अराजकतावादी  शक्तिहरु सरकारको क्रियाशीलताका कारण निकै आतंकित बनेको बताउनुभएको छ । आज (सोमबार) प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले देशमा अतिवादी, अराजकतावादी निकै आतंकित भएका भन्दै उनीहरूले व्यवस्था, परिवर्तनमाथि निकै प्रहार गरेको प्रति प्रधानमन्त्रीले चिन्ता व्यक्त गर्नुभएको हो । परिवर्तन बिरोधिहरुले व्यवस्थामाथि विभिन्न बहानामा आक्रमण गरेको बताउनुभएका प्रचण्डले तथ्यहिन र भ्रामक समाचारको प्रतिवाद गर्न आग्रह समेत गर्नुभयो ।

यस्तै प्रधानमन्त्री प्रचण्डले एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएकोमा असन्तुष्टि जनाउनुभएको छ । एनसेल खरिद-बिक्री प्रकरणमा सरकारको बदनाम गर्न खोजिएको प्रचण्डको गुनासो   छ । एनसेल खरिदबिक्रि प्रकरणबारे प्रचण्डले भन्नुभयो ‘म युएइमा भएको बेला एनसेल खरिद बिक्री भयो भन्ने सुने । यसमा सतर्कता पूर्वक अनुसन्धान गर्न मैले उतैबाट निर्देशन दिएँ । नेपाल आएको भोलिपल्टै यसमा के कस्तो प्रभाव पर्छ भनेर मुख्य सचिवसहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएँ । त्यति मात्र नभइ गठबन्धनलाई पनि विश्वासमा लिनुपर्छ भनेर यो स्वाभाविक छैन । यहाँ गडबड छ भन्ने लागेर बैठक बोलाएँ । लगत्तै क्याविनेट बैठकबाट छानबिनका लागि समिति गठन भयो’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो , ‘तर अतिवादीहरूबाट दुस्प्रचार र घटिया रुपमा प्रचार गरियो । तपाईँ कल्पना गनोस् यति तल्लो तहबाट प्रचार भएका छन् त्यसलाई प्रतिवाद गर्नुपर्छ ।’

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले युद्धबाट शान्तिमा आउँदा प्रेसको भूमिका अझै बढेको भन्दै प्राप्त उपलब्धिको रक्षाका लागि सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।