जनतामाझ संकल्प गर्दै माओवादी केन्द्र
जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा सल्यानमा पालिकास्तरीय संकल्प सभाहरु शुरु गरिएको छ।

सल्यान । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा सल्यानमा पालिकास्तरीय संकल्प सभाहरु शुरु गरिएको छ। सामाजिक न्याय र सुशासनका लागि जनतामाझ संकल्प गर्न पालिका स्तरीय संकल्प सभाहरु आयोजना गरिएको हो।

अभियानका क्रममा मंसिर ८ गते शुक्रबार सल्यानको कपुरकोट गाउँपालिकामा संकल्प सभा गरिएको छ भने मंसिर ९ गते शनिबार कालिमाटी गाउँपालिकामा सभा गरिएको थियो।

सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सल्यान इन्चार्ज नरेश भण्डारीले माओवादी केन्द्र जनताको घरदैलो पुगेको, नागरिकका गुनासो सुनुवाइ गर्दै समृद्धिको यात्रामा प्रतिगामीहरु आत्तिएको बताउनु भयो।

उहाँले भन्नुभयो, “क्रान्तिका नायक महान जनतासँग बाटो बिराएकाहरु क्रान्तिको बाध फुटाउन खोजिरहेका छन्। जनताको खुसी लुट्न प्रतिगामीहरु राजा रजौटासँग मिलेर बलिदानको कृर्तिमान उल्ट्याउन लागेकाले अब प्रतिगामी विरुद्ध जाई लाग्न माओवादी केन्द्र जनतामाझ सधैं रहन्छ।” माओवादी आन्दोलनबाट प्राप्त संघीयता र तीन तहका सरकारमा माओवादी केन्द्रको अग्र भूमिका रहने उहाँले बताउनु भयो।

मंसिर ८ गते कपुरकोटमा भएको सभामा विभिन्न पार्टी परित्याग गरी १५० भन्दा बढीले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। विभिन्न वडाबाट कांग्रेस, एमाले, समाजवादी लगायत स्वतन्त्र रहेकाहरु पनि माओवादीमा प्रवेश गरेका थिए। उनीहरुलाई सभामा फूलमालासहित स्वागत गरिएको छ। नवप्रवेशीहरूले थोरै सिट हुँदा पनि देशको नेतृत्व माओवादी पार्टीले गरेको र देश अहिले सुशासनको क्षेत्रमा अघि बढेको भन्दै यो अभियानलाई साथ दिन पार्टी प्रवेश गरेको बताएका थिए।

गाउँ गाउँबाट बाजागाजासहित आएका साँस्कृतिक झाँकीहरुसहित कपुरकोट बजार परिक्रमा गरेपछि भएको सभालाई पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गर्दै गरेका थिए। सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली सरकारका पूर्वकानुन मन्त्री नरेश भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेताहरु कीर्तिबहादुर पुन, खगेन्द्र लामिछाने, असविर बुढाथोकी लगायतले सम्बोधन गर्नुभएको थियो।

माओवादी केन्द्र सल्यानले मंसिर १४ गते कुमाख गाउँपालिकामा, १५ गते बन्गाड कुपिण्डे नगरपालिकामा संकल्प सभा गर्ने जनाएको छ। त्यस्तै बागचौर नगरपालिकामा मंसिर २० गते र शारदा नगरपालिकामा मंसिर २८ गते संकल्प सभाको मिति तोकिएको इन्चार्ज नरेश भण्डारीले जानकारी दिनुभयो।