भूकम्प पीडितलाई माओवादी केन्द्रको ५० लाख सहयोग
नेकपा (माओवादी केन्द्र)ले जाजरकोट भूकम्पपीडितका लागि ५० लाख राहत रकम सहयोग गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
११ मंसिर, २०८०


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
११ मंसिर, २०८०
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जाजरकोट भूकम्पपीडितका लागि ५० लाख राहत रकम सहयोग गरेको छ। माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।
सो अवसरमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिँदै राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनु भएको थियो। उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।