
डोर प्रसाद उपाध्याय (निर्मलकुमार)
सचिव, केन्द्रीय कार्यालय
व्यक्तिगत विवरण
जन्म: २०२६ माघ ११ गते (वास्तविक)
जन्म: २०२८ वैशाख ५ गते (नागरिकता अनुसार)
ठेगाना: बाणगंगा -४ कपिलवस्तु
शैक्षिक योग्यताः व्यवस्थापन विषयमा स्नातक उत्तीर्ण, बजार व्यवस्थापन विषयमा स्नातकोत्तर सम्म अध्ययन
वैवाहिक स्थितिः विवाहित
परिवारः श्रीमती दुई छोरा एक बुहारी
पेशाः छैन । राजनीतिमा विगत २०४५ सालदेखि पूर्णकालीन रहेको
वर्गः सामान्य
संक्षिप्त राजनीतिक इतिहास
- २०२६ साल माघ ११ जन्म, कपिलवस्तु निग्लिहवा-२ कुश्मा । ( नागरिकता अनुसार २०२८ साल वैशाख ५ गते रहेको )
- हाल बाणगङ्गा न पा -४ ,जीतपुर होराइजन टोल, चार नम्बर,कपिलवस्तु ।
- २०४३ साल बाट विद्यार्थी राजनीतिमा प्रवेश ।
- २०४४ जिल्ला अध्यक्ष कपिलवस्तु,अखिल छैठौं ।
- २०५२ वैशाखबाट विद्यार्थी राजनीतिबाट अवकाश प्राप्त ।
- २०४५ फागुन देखि २०४६ असारसम्म कपिलवस्तु जेल, कपिलवस्तु बिकास परिषदमा आवद्द, कपिलवस्तुको समग्र विषयमा बिकास हुनुपर्ने माग सहित फागुन २२ (गते सदरमुकाम तौलिहवामा जुलुस प्रदर्शन गरेको अभियोग दर्ज) ।
- २०४५ असारमा पार्टी सदस्यता प्राप्त,ने.क.पा (मसाल)
- २०४६ सालको जनआन्दोलनको क्रममा कतै नेतृत्व,कतै सहभागी ।
- २०४७ मसाल बाट विद्रोह गरी नयाँ पार्टी विद्रोही मसाल गठन, ने.क.पा (मसाल) शितलकुमार को नामबाट परिचित ।
- २०४७ मा नै विद्रोही मसालको कपिलवस्तु जिल्ला सदस्य ।
- २०४७ मा नै अखिल छैठौंको केन्द्रीय सदस्य ।
- २०४८ मा एकता महाधिवेशन सम्पन्न, ने.क.पा.(एकता केन्द्र)को गठन ।
- पहिलो राष्ट्रिय सम्मेलन गरी २०५१ मै ने.क.पा (माओवादी) गठन ।
- २०५१ देखि २०५७ सम्म अर्घाखाँची-गुल्मी जिल्लाको सेक्रेटरी हुदै इन्चार्ज ।
- २०५४ सालमा चौथो विस्तारित बैठकबाट पार्टीको क्षेत्रीय ब्यूरो सदस्य ।
- २०५७ संयुक्त जन परिषदको केन्द्रीय कार्यालयको सचिव, करिब ४२ महिना डा.बाबुराम भट्टराईको निजी सचिव ।
- २०६० असारमा पार्टीको केन्द्रीय सदस्य नियुक्त ।
- २०६०-२०६१ सम्म रुपन्देही-नवलपरासी जिल्ला इन्चार्ज ।
- २०६१ मा नवलपरासी अलग नेतृत्व पुगेपछि २०६३ सम्म रुपन्देही जिल्ला इन्चार्ज ।
- २०६३ असार बाट २०६४ को पहिलो संविधान सभाको चुनावसम्म प्रवास कमिटीमा सरुवा र सचिव पदमा कार्यरत ।
- २०६४ -२०६५ मा पार्टीको बुद्धनगर स्थित केन्द्रीय कार्यालय सचिव ।
- २०६६-२०६९ अवध राज्य सेक्रेटरी ।
- २०६९ साउनदेखि केन्द्रीय कार्यालयको सचिव नियुक्त ।
- २०६९ साउनमा सम्पन्न भृकुटीमण्डपको विस्तारित बैठकबाट गठित लडाकु शिविर अनियमितता छानबिन समितिको सदस्य नियुक्त (संयोजक पोष्टबहादुर बोगटी, हितराज पाण्डे र डोर प्रसाद उपाध्याय )
- २०७० दोश्रो संविधान सभा सदस्य चयन ।
- २०७० मा सम्पन्न सातौं एकता महाधिवेशनबाट पार्टीको केन्द्रीय लेखापरीक्षण आयोगको प्रमुख ।
- २०७३ सालमा संसदको सार्वजनिक लेखा समितिको सभापति निर्वाचित,लेखा समितिकै इतिहासमा पहिलोपटक निर्वाचनबाट सभापति चयन,एमालेबाट माननीय पशुपति चौलागाईं पराजित ।
- २०७५ मा ने.क.पा.को गठन पछि केन्द्रीय कार्यालयबाट अवकाश ।
- ने.क.पा कालमा कोष तथा आर्थिक व्यवस्थापन विभागको उपप्रमुख
- २०७७ फागुन २३ मा पार्टी अलग भएपछि अहिले सम्म पूनःकेन्द्रीय कार्यालयमा सचिवको जिम्मेवारी ।
- २०७७ सालमा ने.क.पा विभाजन पछि गठित कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुख
- २०७८– पार्टीको कोष तथा आर्थिक विभागको इन्चार्ज
- २०७८– को आठौं महाधिवेशनबाट पुनः केन्द्रीय समिति सदस्यमा निर्वाचित
- – हाल केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिव तथा कोष तथा आर्थिक व्यवस्था विभागको इन्चार्जको भूमिकामा कार्यरत