
गणेशमान पुन
मुख्य सचिव, केन्द्रीय कार्यालय
नाम (नागरिकता अनुसार) : गणेशमान पुन
जन्म मिति : २०३०/०८/१९
जन्म स्थान : रुकुम (पूर्व) जिल्ला, सिस्ने गा.पा. वडा नं. २, छिपखोला
नागरिकता नं. र जिल्ला : ६८१६/२३०/२१९४७, रुकुम
स्थायी ठेगाना : रुकुम (पूर्व) जिल्ला, सिस्ने गा.पा. वडा नं. २, छिपखोला
अस्थायी ठेगाना : काठमाडौं, वनस्थली
मोवाईल : ९८५११५२४२१
बुबाको नाम : डिलबहादुर पुन
आमाको नाम : तेजी पुन
वैवाहिक स्थिति : विबाहित
पती/पत्नीको नाम : कमला रोका
सन्तति विवरण : छोरा (२) आजाद पुन मगर र आदित्य पुन मगर
शैक्षिक योग्यता : प्रवीणता प्रमाणपत्र तह पास
विशेष योग्यता/पेशा र अनुभव : राजनीति
भाषा ज्ञान : नेपाली, अंग्रेजी, हिन्दी ।
कृति प्रकाशन : विभिन्न पत्रपत्रिकामा फुटकर लेख, रचनाहरू प्रकाशित
पार्टी सदस्यता मिति र पार्टीको नाम : २०४७ साल । तत्कालीन नेकपा (मसाल)/नेकपा (एकता–केन्द्र)
राजकीय जिम्मेवारी : संविधानसभा सदस्य तथा व्यवस्थापिका संसद सदस्य (२०७०), वाणिज्य तथा आपूर्ति मन्त्री (२०७२/०७३)
संक्षिप्त राजनीतिक जीवन :
-
विद्यार्थी आन्दोलनमा संलग्नता : वि.सं. २०४४ साल माघमा अनेरास्ववियूको सदस्यता प्राप्त गरी टोल इकाई समितिको सचिव, विद्यालय इकाई समिति अध्यक्ष । २०४५ साल असोजमा अनेरास्ववियू रुकुमको सदस्य । २०४८ मा अनेरास्ववियू, रुकुम जिल्लाको अध्यक्ष, राप्ती क्षेत्रीय समितिको सचिव ।
-
युवा आन्दोलनमा संलग्नता : २०४५ साल अखिल नेपाल युवक संघ, रुकुमकोट इकाई अध्यक्ष, जनवादी युवा लिग र योङ्ग कम्युनिष्ट लिग, रुकुम जिल्ला समिति सदस्य हुँदै शान्ति प्रक्रिया पछि २०६३ सालदेखि २०७० सालसम्म योङ्ग कम्युनिष्ट लिग, नेपालको केन्द्रीय अध्यक्ष ।
-
पार्टी संगठन, वर्गसंघर्ष, जनयुद्ध, जनमुक्ति सेना, जनसरकार र संघीय लोकतान्त्रिक गणतन्त्रमा सहभागिता : २०४७ सालमा संयुक्त राष्ट्रिय जनआन्दोलन, रुकुमको तर्फबाट रुकुमका विभिन्न ठाउँहरूमा आन्दोलनका कार्यक्रमहरूमा सक्रिय सहभागिता र गिरफ्तारी । २०४७ सालमा तत्कालीन नेकपा (मशाल)को पार्टी सदस्यता प्राप्त गरी एकता प्रक्रियापछि नेकपा (एकता केन्द्र)को एरिया सेक्रेटरी, २०४९ सालमा जिल्ला समिति सदस्य भई ग्रामीण वर्ग संघर्ष, जनसेवा अभियान, जन संघर्ष, प्रतिरोध संघर्षमा सहभागी हुँदै जनयुद्धको अन्तिम तयारी पूरा गर्ने कार्यमा भूमिका खेल्दै २०५२ साल फागुन १ गते ज जनयुद्धको ऐतिहासिक पहलकदमी तथा थालनीको मुख्य कारवाहीमध्येको रुकुमको आठविसकोट राडीज्यूला प्रहरी चौकी रेड गर्ने कारवाहीको मुख्य कमान्डर र चौकी कब्जा । २०५३ साल साउनमा नेकपा (माओवादी) को रुकुम र सल्यानको संयुक्त जिल्ला समितिको जिल्ला सचिव र राप्ती उपक्षेत्रीय ब्यूरो सदस्यको जिम्मेवारी । २०५२ देखि २०५४ सम्म रुकुम जिल्लाको राजनीतिक परिचालन र फौजी कारवाहीको विशेष सन्तुलन कायम गर्दै जनाधार विस्तार, संगठन निर्माण र सुदृढीकरण, शक अभियान, २०५४ सालको स्थानीय निर्वाचन बहिष्कार आन्दोलन (देशकै सबैभन्दा बढी २७ वटा गाविस पूर्ण रुपमा ब्यालेट बक्स खाली र थप १० वटा गाविसमा आंशिक रुपमा खाली) को नेतृत्व ।
-
जेल जीवन : २०५४ असारदेखि २०५८ वैशाखसम्म बाँके, रुकुम, सल्यान, दाङ जिल्ला स्थित हिरासत र कारागारमा ४ वर्ष लगातार जेल जीवन व्यतीत र २०५८ साल वैशाख २८ गते लामो समयको प्रयास र योजनापछि जनमुक्ति सेनाको अर्वान छापामार दलको कारबाहीसहित भेरी अञ्चल अस्पतालबाट जेल मुक्त ।
-
२०५८ सालमा क्षेत्रीय ब्यूरो सदस्य भई रुकुम, सल्यान र विशेष जिल्लाको इन्चार्ज, २०६० साल जेठ १० गते पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी ।
-
२०६१ सालमा जनमुक्ति सेना, नेपाल परिवर्तन स्मृति नवौँ ब्रिगेडको कमिसार । २०६२ सालदेखि चौथो डिभिजनको कमान्डरको रुपमा गण्डक क्षेत्रको फौजी कमान्ड र राजनीतिक अभियानमा सहभागिता ।
-
२०५९/६० सालमा मगरात जनसरकारको उपप्रमुखको भूमिका ।
-
२०६८ को हेटौंडा महाधिवेशनपछि विराटनगर सम्मेलनबाट पार्टीको पोलिटब्युरो सदस्य निर्वाचित । नेकपा (माओवादी केन्द्र) निर्माण पछि पार्टीको सचिवालय सदस्य ।
-
हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य ।
विदेश भ्रमण : चीन, रुस, जर्मनी, बेल्जियम, नेदरल्यान्ड, पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, केन्या, न्युजिल्यान्ड, इन्डोनेसिया, कुवेत, दक्षिण कोरिया, पलाउ, जापान र भारत ।