संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

अग्नि प्रसाद सापकोटा

उपाध्यक्ष

अग्निप्रसाद सापकोटा

व्यक्तिगत विवरण

जन्म मिति/स्थान : २०१४ फागुन २४, कुविण्डे सिन्धुपाल्चोक

नागरिकता नं. र जिल्ला : ८३१, सिन्धुपाल्चोक

स्थायी ठेगाना : चौतारा साँगाचोकगढी ४, सिन्धुपाल्चोक

अस्थायी ठेगाना : मध्यपुर थिमी ३, भक्तपुर

सम्पर्क नं. : मोवाइल९८५१०८०८८९ इमेल [email protected]

आमाको नाम : तिलमाया सापकोटा

बुबाको नाम : धनपति सापकोटा

पत्निको नाम : तारादेवी सापकोटा

छोरा : दीपक सापकोटा, रुपक सापकोटा र अनुशील सापकोटा । (छोरी नभएको)

शैक्षिक योग्यता : स्नातकोत्तर अध्ययन (समाज शास्त्र)

पेशा र अनुभव : १५ वर्ष अध्यापन (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)

संक्षिप्त राजनीतिक जीवन

२०२९ सालमा विद्यार्थी संगठनमा आवद्ध

२०३५ पार्टी सदस्यता (ने.क.पा. चौथो महाधिवेशन)

२०३७ शिक्षक संघर्ष समितिको उपाध्यक्ष, अध्यक्ष हुँदै नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय महासचिव र उपाध्यक्ष

२०४८ मा माध्यमिक विद्यालयको प्रधानाध्यापकबाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सक्रिय

२०४९ संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य

२०५१ ने.क.पा. (एकता केन्द्र) को केन्द्रीय सदस्य

२०५१ असोजमा ने.क.पा.(माओवादी) को केन्द्रीय सदस्य

२०५२ पूर्वी उपक्षेत्रीय व्यूरो इन्चार्ज

२०५२ माघ १८ को कुविण्डे विद्रोहपछि भूमिगत

२०५४ मा सेतीमहाकाली उपक्षेत्रीय व्यूरो इञ्चार्ज

२०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट व्यूरो सदस्य निर्वाचित

२०५८ मा पार्टीले सरकारसँग वार्ता गर्न गठन गरेको वार्ता टोलीको सदस्य

२०५८ मा ताम्सालिङ् राज्यको इञ्चार्ज

२०६२ मा ताम्सालिङ् राज्यका जनतालाई जनआन्दोलनमा परिचालनको नेतृत्व

२०६२ चैत्र १४ गते सिन्धुपाल्चोकको ठोकर्पामा जनमुक्ति सेनालाई अभिनन्दन गर्न आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले प्रहार गरेको M16 को तीनवटा गोली शरीरका विभिन्न ठाउँमा लागि घाइते

२०६९ साउन एकीकृत ने.क.पा. (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता

२०६९ माघ एकीकृत ने.क.पा. (माओवादी) को हेटौंडा महाधिवेशनबाट स्थायी समिति सदस्य

२०७१ बैशाख विराटनगर सम्मेलनबाट पुनः स्थायी समिति सदस्य

२०७३ ने.क.पा. (माओवादी केन्द्र) को कार्यालय सदस्य

२०७४ जेठ १६ ने.क.पा. (एमाले)सँग एकता भएपछि ने.क.पा.को स्थायी समिति सदस्य

२०७९ माघमा ने.क.पा. (माओवादी केन्द्र) को उपाध्यक्ष

२०८० श्रावण २२ ने.क.पा.(माओवादी केन्द्र) को प्रवक्ता, इञ्चार्ज- प्रचार तथा प्रकाशन विभाग, ICT फोरम, प्रेस सेन्टर

जेल जीवन

२०४२ बैशाखमा शिक्षक संघर्षका क्रममा जेल, हिरासत

पटक पटक गरी जम्मा २ वर्ष जेल

राजकीय जिम्मेवारी

२०६४ संविधान सभा सदस्य निर्वाचित (सिन्धुपाल्चोक २)

२०६८ वैशाख २२ सूचना तथा सञ्चार मन्त्री, नेपाल सरकार

२०७० दोस्रो पटक संविधान सभा सदस्य निर्वाचित (सिन्धुपाल्चोक २)

२०७२ कार्तिक वन तथा भू-संरक्षण मन्त्री, नेपाल सरकार

२०७४ प्रतिनिधि सभा सदस्यमा निर्वाचित (सिन्धुपाल्चोक १)

२०७६ माघ १२ गते प्रतिनिधि सभाको सभामुख निर्विरोध निर्वाचित

विदेश भ्रमण

२०६७ कार्तिकमा अध्यक्ष क.प्रचण्डको नेतृत्वमा चीन भ्रमण

२०७१ संसदीय प्रतिनिधि मण्डलको सदस्यको रुपमा चीन भ्रमण

२०७२ पुसमा वन तथा भू-संरक्षण मन्त्रीको हैसियतमा चीन भ्रमण

२०७३ मा भारतको दिल्लीमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा वन तथा भू-संरक्षण मन्त्रीको हैसियतमा अध्यक्षता।

२०७८ मंसिर १० १४ मा स्पेनको म्याड्रिडमा भएको अन्तर व्यवस्थापिका संघ (IPU) को १४३ औं सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधित्व गरेको

असंलग्न आन्दोलनको सञ्जाल (नाम) म्याड्रिड बैठकमा मंसिर १३ गते भाग लिएको

२०२२ जुन २९ देखि जुलाई २ सम्म अजरवैजानको वाकुमा भएको असंलग्न राष्ट्रका सभामुखहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेको

२०८० जेठ ५ देखि १९ सम्म ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट २० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमण