संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

हरिबोल गजुरेल

उपमहासचिव

कमरेड हरिबोल गजुरेल वि.सं.२०११ मा सिन्धुलीमाढी च्याउँकोटमा मध्यमवर्गीय किसान परिवारमा जन्मिनुभयो । वहाँको बाल्यकाल दलित समुदायको अन्तरघुलनमा वित्यो । यसबाट उत्पीडित वर्ग प्रति वहाँमा गहिरो सदभाव पैदा भयो र उनीहरु प्रति सेवाभाव जागृत गरायो । यो पृष्ठभुमीका कारण वहाँ युवा अवस्थामा महात्मा गान्धीको विचारबाट प्रभावित हुनुभयो । संयोगवश प्रिन्स क्रोप्टोकिनको पुस्तक अफ्यू वल्र्डस टु युथ को अध्यनपछि वहाँलाई उत्पीडितहरुको बास्तविक सेवा गर्नका लागी समाजवाद बाहेक कुनै विकल्प छैन भन्ने बोध भयो । समाजवादी लक्ष्य हासील गर्न उहाँ २०३२ सालमा कम्युनिष्ट आन्दोलनमा सहभागी हुनुभयो । 
गजुरेलले २०३३ सालमा औपचारीक रुपमा मोहनविक्रम सिंह नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो । त्यतिबेला देखी नै उहाँ पार्टीमा पूर्णकालिन रुपमा सक्रिय हुनुभयो । २०३४ सालमा पार्टीको सिन्धुली जिल्ला सचिवालय सदस्य र २०४२ सालमा केन्द्रिय सदस्य भएका गजुरेल २०४७ सालमा मोहन विक्रम सिंहको जडसुत्रिय संशोधनवाद विरुद्ध क.बावुराम भट्टराई सहितको विद्रोहको नेतृत्व गरी प्रचण्ड नेतृत्वको एकताकेन्द्रमा एकताबद्ध हुनुभयो । 
२०५२ साल फागुन १ गते जनयुद्ध सुरु गर्दा गजुरेलले पुर्वी क्षेत्रको सिन्धुलीगढी चौकी माथिको फौजी कार्वाहीको नेतृत्व गर्नुभयो । २०६२ साल माघमा भोजपुरको घोडेटार सैन्य क्याम्प माथिको आक्रमणमा फिल्ड कमीसार र २०६२ चैत्रमा सर्लाहीको सदरमुकाम मलंगवा कार्वाहीको योजना निर्माणमा नेतृत्वदायी भुमीका निर्वाह गर्नुभयो । गजुरेलले २०३५, २०४५, २०४६ र २०५५ साल गरी जम्मा दुई वर्ष चार महिना नेपाल र भारतका विभिन्न हिरासतमा र जेलमा बन्दी जीवन विताउनु भयो । 

प्रचण्ड नेतृत्वको सरकारमा उच्च स्तरिय भुमीसुधार आयोगको अध्यक्षको भुमिका समेत निर्वाह गरीसक्नु भएका गजुरेल पार्टीको केन्द्रिय कोषाध्यक्षको जिम्मेवारीमा क्रियाशिल रहनुभयो । गजुरेल २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा सिन्धुली निर्वाचन क्षेत्र नं.३ बाट विजयी हुनुभएका थियो ।