संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

श्रम र पुँजीसँगै प्रविधिको विकास, स्वामित्व तथा पहुँच र यसको उपयोगको अवस्थाले सामाजिक उत्पादन सम्बन्ध, सांस्कृतिक र राजनीतिक प्रणालीलाई समेत निर्धारण गरिरहेको छ। अटोमेशन र आर्टिफिसियल इन्टेलिजेन्सको विकाससँगै श्रम, पूँजि र उत्पादन सम्बन्धको नयाँ व्याख्या तथा विश्लेषण गर्नुपर्ने अनिवार्यता हाम्रा सामु छ । पूँजिवादले आफ्ना अन्तरनिहित संकट हल गर्ने प्रयासकै मुख्य उद्देश्यले आफु अनुकुल प्रविधिको विकास गर्छ भन्ने मार्क्सको भनाई अहिले झनै सान्दर्भिक रहेको छ । त्यसैले यथास्थितिबाट अघि बढ्न र समाजलाई उन्नत चरणमा रूपान्तरण गर्न अहिलेको युगको मुख्य विशेषता बनेको सूचना तथा सञ्चार प्रविधिको नेपालमा विकास र यसलाई परिवर्तनका पक्षमा उपयोग गर्न र यसमाथि श्रमजीवि जनताको स्वमित्व स्थापित गर्न जरुरी रहेको कुरामा नेकपा माओवादी केन्द्रले जोड दिँदै आएको छ।


सूचना तथा सञ्चारका क्षेत्रमा भएको अभूतपूर्व विकासले वर्तमान समाजका सबै पक्षलाई प्रभावित गरेको छ । विकास र समृद्धिको लक्ष्य हासिल गर्न सुशासन, सामाजिक न्याय स्थापना गर्दै समाज रूपान्तरणका लागि आइसिटी तथा डिजिटल प्रविधिको इन्नोभेसन, विकास र सही उपयोगको विषय अत्यन्त महत्त्वपूर्ण रहेको छ ।

थप पढ्नुहोस्