संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

आगामी बर्ष १६ लाख  पर्यटक भित्र्याउने लक्ष्य छ : पर्यटनमन्त्री तामाङ

<p style="text-align:justify">काठमाडौं , ३२ जेठ :  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हित बहादुर तामाङले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरी कम्तीमा १६ लाख  पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभएको  छ ।  शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै उहाँले सो कुरा बताउनुभएको हो । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा  सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङको भनाई छ । सरकारले यस क्षेत्रको विकासको लागि पहिले लगाउँदै आएको हवाई टिकटको  भ्याट र अन्य केही अनावश्यक  कर हटाउने काम भइरहेको र यसको समाधान बजेट पास अघि नै गरिने उहाँले प्रस्ट पार्नुभयो  ।  यसले सस्तोमा पर्यटक नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने विश्वास सरकारले लिएको उहाँको भनाई छ । </p> <p style="text-align:justify">पर्यटन क्षेत्रले बेहोरिरहेको समस्या समाधान गर्न सरकार लागिपरिरहेको उहाँको भनाई छ । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रमा विभिन्न करहरू हटाउने कुरामा सरकार लागि परेको र सम्वोधन हुने उहाँले बताउनुभयो   । विश्व पर्यटन बजारमा नेपाल घुम्नुपर्ने सूचीमा पर्ने हुँदा अब पुरानो गन्तव्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तव्यमा पूर्वाधार निर्माणको काम सरकारले सुरु गरिसकेको छ ।  प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्ने लक्ष्य सरकारको  रहेको छ । </p> <p style="text-align:justify">पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने लक्ष्य लिएको छ  । नेपाल दुई ठूला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकिय गन्तव्य समेत हो । पर्यटन क्षेत्रको विकासले नै मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने गर्दछ  ।</p> <p style="text-align:justify"><img src="https://cdn.cpnmc.one/media/uploads/2024/06/14/448157013_7573337952795669_3827787536241828058_n.jpg" style="height:2048px; width:1536px" /><img src="https://cdn.cpnmc.one/media/uploads/2024/06/14/448183411_7573337039462427_6165507483626605766_n-1.jpg" style="height:1536px; width:2048px" /><img src="https://cdn.cpnmc.one/media/uploads/2024/06/14/448160330_7573338242795640_1439565722950531364_n.jpg" style="height:1536px; width:2048px" /><img src="https://cdn.cpnmc.one/media/uploads/2024/06/14/448183411_7573337039462427_6165507483626605766_n.jpg" style="height:1536px; width:2048px" /><img src="https://cdn.cpnmc.one/media/uploads/2024/06/14/448307189_7573337259462405_5839298102623788542_n.jpg" style="height:1536px; width:2048px" /></p>