संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

देव गुरूङ

महासचिव

वि.सं २०१५ कात्तिक २२ गते मनाङ, नाशोङ गाउँपालिका ४ मा जन्मिनुभएका कमरेड गुरूङ विद्यार्थीकालदेखि नै राजनीतिक आन्दोलनमा जोडिनुभयो । 
स्नातकोत्तर तहसम्मको शैक्षिक अध्ययन गर्नुभएका वहाँले २०३६ सालमा नेकपा (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा सुरू गर्नुभएको थियो । चौथो महाधिवेशनको परिवर्तित नाम नेकपा (मशाल) मा २०३८ सालमा उहाँ केन्द्रीय सदस्य बन्नुभयो । २०५१ सालमा माओवादीमा आबद्ध भई  पोलिटब्यूरो सदस्यमा चुनिनुभयो ।  जनयुद्धका क्रममा उहाँ केही समय गिरफ्तारीमा पर्नुभएको थियो । २०५९ मा तत्कालीन सरकार र माओवादी केन्द्रको दोस्रो चरणको वार्तामा र माओवादी शान्ति प्रक्रिया टुंगोमा पुग्ने बेला उहाँ वार्ता समिति सदस्य हुनुहुन्थ्यो ।
२०६१ मा तत्कालीन नेकपा माओवादीको स्थायी समिति सदस्य बन्नुभएको थियो । शान्तिप्रक्रियापछि २०६९ सालमा मोहन वैद्य, रामबहादुर थापा लगायतका नेतासँगै तत्कालीन एकीकृत माओवादीबाट बाहिरिनु भएको थियो । पछि २०७३ सालमा उहाँ प्रचण्ड नेतृत्वको माओवादीमा फर्किनुभयो । 
नेकपा एमालेसँग एकतापछि २०७४ सालमा भने उहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य बन्नुभयो । नेकपा विभाजनपछि उहाँ हाल नेकपा माओवादी केन्द्रको उपाध्यक्ष हुनुहुन्छ ।
२०६३ को अन्तरिम संसदबाट उनले संसदीय राजनीतिको यात्रा सुरू गर्नुभएको थियो । ०६४ सालमा कास्की र मनाङबाट निर्वाचित हुनुभएको थियो । 
उहाँसँग स्थानीय विकास मन्त्रालय र कानुन मन्त्रालय सम्हालेको अनुभव छ ।